सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

फागुन २, काठमाडौँ ।  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम माघ २ गते सम्पन्न गरेको छ। 

 प्रधान कार्यालयमा कार्यरत ३५ जना भन्दा बढी  कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत जानकारी गराइएकाे छ ।   

गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्येमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइएकाे छ।  

प्रधान कार्यालयका सम्पुर्ण कर्मचारी उपस्थित  तालिममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र आन्तरिक लेखा परिक्षक चाटर्ड एकाउन्टेन रेनुका खत्रीले तालिम प्रदान गरिन्।  

उक्त तालिममा विभागिय प्रमुखहरु सपना खरेल, योगेश कुमार नेपाल, सिताराम धिमाल, प्रभाकर न्यौपाने, सौरभ पौडेल र सृजन श्रेष्ठको सहभागिता रहेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *