ललिता निवास प्रकरण : महानिर्देशकसहित ७ जनाविरुद्ध म्याद जारी

फागुन १, काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कार्यमा मुछिएका ७ जनाविरुद्ध विशेष अदालतले १५ दिनको म्याद जारी गरेको छ । अदालतले विभागका दुई महानिर्देशकसहित तत्कालीन डिल्लीबजार मालपोतका ५ कर्मचारीलाई १५ दिने म्याद जारी गरेको हो ।   

म्याद जारी हुनेहरुमा तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ र मुकुन्द आचार्य, डिल्लिबजार मालपोत अधिकृत सुरेन्द्रमान कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायब सुब्बा जगतप्रसाद पुडासैनी, डिल्लीबजार मालपोतका खरिदार युक्तप्रसाद श्रेष्ठका नाम, थर वतनमा म्याद जारी गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका १७५ जनाविरुद्ध माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *