समुदाय–प्रहरी साझेदारी अन्तर्गत छाउपडी सम्बन्धी जनचेतनामूलक प्रशिक्षण

माघ २२, अछाम । समुदाय–प्रहरी साझेदारी अन्तर्गत अछामका विद्यार्थीहरुलाई जनचेतनामूलक प्रशिक्षण दिइएको छ । 

मंगलबार साफेबगर नगरपालिका–४ पातालकोटस्थित कालिका माध्यमिक विद्यालय पाटालकोटमा जनचेतनामूलक प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।   

जिल्ला प्रहरी कार्यालय अछाम तथा ईलाका प्रहरी कार्यालय साफेबगर अछामको आयोजनामा विद्यालयका शिक्षिक तथा विद्यार्थीहरुलाई छाउपडी, बाल विवाह, बहुविवाह, आधारभूत सुरक्षा र लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक प्रशिक्षण प्रदान जनाइएको छ ।   

null

सरकारले छाउपडी अन्त गर्ने अभियानसँग सुदूरपश्चिमको अछाममा पनि छाउगोठ भत्काउने अभियान सूरु गरेको थियो । सो अभियान अन्तर्गत १ हजार ७ सय ३६ छाउ गोठ भत्काइ सकेको छ ।   

प्रहरीले अछाममा छाउपडी गोठमै एक महिलाको मृत्युपछि छाउ गोठ भत्काउने अभियानमा सक्रियता देखाएको हो। पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तर्गत अहिलेसम्म १ हजार ७ सय ३६ छाउ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।   

छाउगोठ भत्काउने क्रममा साँफेबगर नगरपालिकामा ३ सय ७१, पञ्चदेवल विनायक नगरपालिकामा १ सय ५१, रामारोशन गाउँपालिकामा एक सय १९, ढकारी गाउँपालिकामा ३ सय ३७, मेल्लेख गाउँपालिकामा २ सय ५४, तुर्माखाद गाउँपालिकामा ३ सय ३१, चौरपाटी गाउँपालिकामा ६५, मंगलसेन नगरपालिकामा १२, कमलवजार नगरपालिकामा ६३, बान्नीगढी जयगढी गाउँपालिकामा २७ गरि १७ सय ३६ वटा छाउपडी गोठहरु भत्काइएको प्रहरीले बताएको छ ।   

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *