तालिबानी लडाकू गरे जिल्ला न्यायाधीशको गोलीहानी हत्या
मकालु खबर
२०७६ फागुन ६ गते
फागुन ६, काठमाडौँ । सोमबार राती अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले गोली हानी हत्या गरेको छ ।
हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रान्तीय सरकारका प्रवक्ता जैलानी फरहादले तालिबानी लडाकू समूहले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरे पनि हत्याको ज्यादती भने रोकिन सकेको छैन ।
मकालु खबर
२०७६ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित