कंकाली वनमा पोखरेल र न्यौपानेको भिडन्त

फागुन ३, चितवन । चितवनको खैरहनी नगरपालिकामा रहेको कंकाली सामुदायिक वनमा मतदानबाट नयाँ नेतृत्व छानिने भएको छ । निर्वाचन प्रक्रिया अन्र्तगत शनिवार उम्मेदवारी दर्ताको समयावधिमा वनको कार्यसमिति चयनका लागि प्यालनबाटै उम्मेदवारी दर्ता भएपछि मतदान हुने भएको हो ।   

वनको अध्यक्षका लागि रामेश्वर पोखरेल र राममणी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेल र न्यौपानेले पदाधिकारी र लेखा समितिका लागि प्यालननै बनाएर निर्वाचनमा होमिएका हुन् । वनका पूर्व सल्लाहाकार समेत रहेका पोखरेललाई नेकपाको समर्थन छ भने वनका पूर्व अध्यक्ष न्यौपानेलाई नेपाली काँग्रसले समर्थन छ । पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा युवराज थापा, उपाध्यक्षमा दलबहादुर बस्नेत, सचिवमा लक्ष्मी माया थापा, कोषाध्यक्षमा कृष्ण बहादुर बस्नेत र सहसचिवमा रामहरी अर्यालले उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक शम्भु प्रसाद लामिछानेले जानकारी दिए । 

त्यस्तै न्यौपानेको प्यालनबाट वरिष्ठ उपाध्यक्षमा देवी प्रसाद न्यौपाने, उपाध्यक्षमा छविध्वज बुढाथोकी, सचिवमा मनु कुमारी गुरुङ, कोषाध्यक्षमा तिलक न्यौपाने र सहसचिवमा चन्द्र जंग पाण्डेको उम्मेदवारी परेको छ ।   

त्यस्तै पोखरेलको प्यानलबाट लेखा समिति संयोजकमा रामकृष्ण खतिवडा तथा सदस्यहरुमा अर्जुन कुमार सापकोटा र श्याम कार्की तथा न्यौपानेको प्यानलबाट लेखा समिति संयोजकमा रामशरण अर्याल तथा सदस्यहरुमा गोपे दमै र भगवती धरेलले उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक लामिछानेले बताए । 

कार्यसमितिका लागि सदस्यहरुको भने निर्वाचित पदाधिकारीहरुले निर्वाचन मार्फत पछि निर्वाचित गर्नेछन् ।  अघिल्लो कार्यकालका अध्यक्ष वेदवहादुर अधिकारीले उपनिर्वाचनका लागि राजीनामा दिएका थिए । वर्तमान कार्यसमितिको कार्यकाल सकिन करिब ५ महिना बाँकी रहेपनि सहमतिकै आधारमा निर्वाचन गर्न लागिएको हो ।   

हाल खैरहनी नगरपालिका वडा नम्वर १,२,३ र ४ सेवा क्षेत्र रहेको सो वनको निर्वाचनमा २ हजार १६७ उपभोक्ताले मताधिकार प्रयोग गर्नेछन् । यहीँ फागुन १० गते मतदानको मिति तोकिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *