कोरोना भाइरस : संक्रमित आमाबाट जन्मिएकी शिशुमा पनि देखियो संक्रमण

माघ २३, एजेन्सी । चीनको बुहानमा ३० घण्टा भित्रै नवजात शिशुमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमित महिलाबाट स्वस्थ रुपमा जन्मिएकी शिशुमा ३० घण्टाभित्रै संक्रमण भएको पुष्टि भएको अधिकारीहरुले बताएका छन् ।   

यी शिशु चीनमा सबैभन्दा कम उमेरमा कोरोनो भाइरस संक्रमित बिरामी भएकी छिन् ।क्वारेन्टाइनमै स्वस्थ्य शिशु जन्मिएपछि डाक्टरहरुले खुशी व्यक्त गरेका थिए।   

फेब्रुअरी २ मा वुहानको एक अस्पतालमा शिशुको जन्म भएको थियो। उनकी आमा कोरोनो संक्रमित सुत्केरी महिला केही दिनदेखि सो अस्पतालमा  क्वारेन्टाइनमा रहेकी थिइन् ।   

तर ती शिशुमा गर्भावस्थामै भाइरस सरेको हो वा जन्मपछि सरेको यो त्यो स्पष्ट भइसकेको छैन।जन्मदा उनको तौल ३.२५ केजी रहेको थियो ।   

भाइरसका कारण चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *