कोरोना भाइरसका कारण कोरिया जाने नेपाली कामदार रोकिए

फागुन ११, काठमाडौं । कोरोना भइरसको संक्रमण देखिएपछि दक्षिण कोरियामा नेपालले तत्कालका लागि कामदार पठाउन रोक लगाएको छ ।   

श्रम विभाग अन्तरगत ईपीएस कोरिया शाखाले कोरोना भाइरसको संक्रमण देखिएपछि केही सामाधान नभएसम्म कोरिया कामदार नपठाइने निर्णय गरेको हो ।   

कोरियामा उक्त भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको समाचार बाहिरिएपछि फागुन १८ गते कोरिया पठाउन लागिएको उडान रोकिने भएको हो।   

ईपीएसमार्फत सरकारले कोरियामा नेपाली कामदारहरु पठाउँदै आएको छ। नेपाल कोरियामा ३५ देखि ४० हजार नेपालीहरु रहेको विभागको तथ्यांक छ। 

पछिल्लो २४ घण्टामा मात्रै कोरियामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ। कोरियाको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाबाट संक्रमितको संख्या ५५६ पुगेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *