कोरोना भाइरस : अमेरिकी र जापानीसहित ७२२ जनाको मृत्यु, हङ्‍कङमा नयाँ क्वारन्टीन नियम लागू

माघ २५, बेइजिङ  । चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । 

मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० बर्षिय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिएपनि अन्य विवरण भने दिएका छैनन् । त्यसैगरी अर्का एक जना ६० बर्षिय जापानीको पनि कोरोना भाइरसकै कारण उहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको जनाइएको छ ।     

सरकारी अधिकारीहरुका अनुसार थप झण्डै ३५ सय जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ ।   

null

कोरोनाका कारण चीन बाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । उनीहरु दुवै जना चिनियाँ नागरिक नै हुन् ।   

डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार उहानमा पहिलो पटक देखा परेको नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ ।   

विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएको छ भने तीन देशमा कुल ३२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।   

कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने उहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली उहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।   

उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले बताए ।   

अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरुलाई शारीरिक तथा मानसिक थकान हुने उनको भनाइ छ । 

हङ्‍कङमा नयाँ क्वारन्टीन नियम लागू 

हङ्‍कङले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि नायाँ क्वारन्टीन नियम लागू गरेको छ । मुख्य भूमि चीनबाट आउने जो सुकैलाई दुई हप्ता क्वारन्टीनमा राख्न सुरु गरेको हो। 

नियममा चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ। स्थानीय बासिन्दाहरू आफ्नै घरमा बस्नु पर्नेछ। नयाँ नियम उल्लङ्घन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको छ। 

के हो क्वारेन्टीन ? 

इन्साइक्लपिडिया ब्रिटानिकाका अनुसार क्वारन्टीन भन्नाले कुनै सरुवा रोगको जोखिममा रहेका मानिस वा पशुलाई हिँडडुल गर्नबाट रोक्ने वा उनीहरूलाई अलग्ग सुरक्षित स्थानमा राख्ने भन्ने बुझाउँछ। 

सरुवा रोगको सङ्क्रमण वा त्यो फैलाउने जोखिमबाट मुक्त नभएसम्म उनीहरूलाई क्वारन्टीनमा अर्थात् अलग्गै राखिन्छ। 

अझ विस्तारमा भन्नु पर्दा स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाई सम्भावित सङ्क्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुन सक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारन्टीन भनिन्छ। 

औषधीजन्य वस्तुको अभाव 

शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले चीनमा गत दुई दिनमा सङ्क्रमण हुने सङ्ख्या रिपोर्ट गरिएको भनिएपछि सकारात्मक रूपमा लिइएको छ। तर डब्लूएचओका महानिर्देशक टेड्रोस अडनम गेब्रेयेससले घटेको सङ्ख्याबारे धेरै विश्लेषण गर्न नहुनेमा सतर्क बनाए। 

उनले संवाददाताहरूलाई कोरोनाभाइरस प्रकोपले विश्वव्यापी रूपमा औषधीजन्य वस्तुहरू, गाउन, मास्क र पञ्जाहरूको अभाव भएको बताए। 

गेब्रेयेससले यस्तो भनेका छन् ‘जब बस्तु कम उपलब्ध हुन्छ र माग बढी हुन्छ त्यसबेला झन धेरै जम्मा पार्ने र चर्को मूल्यमा बिक्री गर्ने नराम्रो प्रवृत्ति देखा पर्न सक्छ। 

उनले यस्ता बस्तु उपलब्ध गराउने व्यवसायीलाई नाफा बढाउने उपाय खोज्न भन्दा मानवीयता जोगाउन आग्रह गरेका छन्। 

डब्लूएचओको नयाँ तथ्याङ्क अनुसार १७,००० सङ्क्रमित मध्ये ८२ प्रतिशतमा मध्यम प्रभाव परेको, १५ प्रतिशतमा नराम्रो प्रभाव परेको र ३ प्रतिशत गम्भीर जोखिममा परेको पाइएको छ। एजेन्सीको सहयोगमा  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *