कोरोना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

माघ २७, एजेन्सी । चीनमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या नौ सय नाघेको छ ।   

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप ९७ जनाको मृत्यु भएपछि  चीनमा सो भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८ पुगेको जनाएको छ । ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका छन् ।   

यस रोगबाट देशभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका छन् । 

यो सङ्ख्या यसअघि फैलिएको श्वासप्रश्वास प्रणालीमै आक्रमण सार्सका कारण मृत्यु भएका मानिसहरूको भन्दा बढी हो। 

सन् २००३ मा सार्सका कारण दुई दर्जनभन्दा बढी देशमा गरी ७७४ जनाको ज्यान गएको थियो। 

कोरोना भाइरसको सङ्क्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू बिस्तारै काममा फर्किने तयारी गर्दैछन्। 

यद्यपि ठूलो सङ्ख्यामा कम्पनी र व्यापारहरू बन्द नै रहनेछन् र धेरै मानिसले घरबाटै काम गर्ने ठानिएको छ। 

राजधानी बेइजिङलाई घेर्ने हुबे प्रान्तमा कम्तीमा मार्च १ तारिखसम्म विद्यालयहरू बन्द रहने सरकारी सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *