सुनको मूल्य आकाशियो, तोलाको ७८ हजार भन्दा बढी

फागुन ९, काठमाडौँ । आज साताको अन्तिम शुक्रबार दिन सुनको मूल्यमा बृद्धी भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहिबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा  कायम भएको छापावाल सुन आज प्रतितोला ७८ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।   

त्यसैगरी  महासंघका अनुसार बिहिबार  प्रतितोला ७७ हजार ३ सय रुपैयाँ कायम भएको तेजाबी सुन पनि आज प्रतितोला ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।       

Image result for सुनको मूल्य आकाशियो

शुक्रबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ ।  बिहिबार  प्रतितोला  ९ सय १५ रुपैयाँले बिक्रीबितरण भएको चाँदीको मूल्य आज पनि सोही मूल्य यथावत् रहेको  महासंघले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *