ट्राफिक चेकिङमा प्रविधिको प्रयोग, गोप्रो क्यामेराबाट कारवाही सुरु

फागुन ५, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले प्रविधिको प्रयोग गरेर सवारी चेकिङ सुरु गरेको छ ।   

ट्राफिक व्यवस्थापनलाई आधुनिक उपकरणको प्रयोग गरि प्रविधिमैत्री बनाउन गोप्रो क्यामेराबाट चेकिङको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरिक्षक दयाकृष्ण भट्टले वताए । 

सोही क्यामेराको निगरानीबाट ट्रापिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही गरिने छ ।   

यस प्रविधिको प्रयोगबाट जथाभावी यात्रु पिक एण्ड ड्रप गर्ने सार्वजनिक सवारी साधन, लेन अनुसारको पालना नगर्ने तथा गलत ओभरटेक गर्ने,तीव्र गतिमा चलाउने, अनाधिकृत रुपमा पार्किङ गर्ने, हर्न वजाउने लगायत विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई आवश्यकता अनुसार फोटो तथा भिडियो सहित लिई कारवाही हुने भएकाले प्रभावकारी हुने ट्राफिक प्रमुख भट्टको विश्वास छ ।   

स्पटमै क्यामेरा मार्फत श्रव्य दृश्य रेकर्ड हुने भएकाले प्रमाण तुरुन्त देखाउन सकिने उनले वताए । यो प्रविधिबाट ट्राफिक नियम उल्लंघन गरि भाग्न खोज्ने र भागेकाहरुलाई पछि प्रमाणसहित देखाएर कारवाही र सचेत गराउन सकिने छ । प्रहरीले सो क्यामेरा वेल्डसहित छातीमा लगाएर चेकिङमा खट्छन् ।   

पहिलो दिन सोमवार २५ वटा म्याजिक, २१ अटो रिक्सा र ६५ वटा मोटरसाईकलको चेकिङ गरिएकोमा २ वटा म्याजिक, ३ वटा अटो रिक्सा र १७ वटा मोटरसाईकललाई कारवाही गरिएको समेत ट्रापिक निरिक्षक भट्टले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *