कोरोना भाइरस लागेको नाटक गरेर आतङ्क फैलाउनेलाई सजाय

फागुन १, काठमाडाैँ ।  रुसमा एक प्य्राङ्कस्टरलाई कोरोनाभाइरसलाई लिएर गरेको प्य्राङ्क महङ्गो साबित भएको छ । युवकमाथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल (रुसी मुद्रा) जरिवानाको सजाय दिइएको छ । 

युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो । तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ । भिडियो कहिले फिल्माङ्कन भएको हो भन्ने स्पष्ट छैन । प्रहरीले युवकलााई सोमबार पक्राउ गर्यो र भिडियो छायाँकन गर्न सघाउने उसको साथीको खोजी भइरहेको छ । 

प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् । युवकका वकिलले भने उनले मानिसलाई डराउनभन्दा पनि सावधान गराउन चाहेको बताए । 

रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ । साइबेरियामा भने १४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *