धरान जानुहोस् ज्वाइँ खाना खानुहोस्

फागुन १३, धरान (सुनसरी) । विदेशबाट फर्किएका हरि  श्रेष्ठले धरानमा ज्वाइँ खाना सञ्चालनमा ल्याएका छन् ।   

केही वर्षअघि खाडी मुलुक साउदी अरबमा पसिना बगाएर फर्किएका सिन्धुपाल्चोकमा जन्मेका हरि श्रेष्ठले धरानमा ‘ज्वाइँ खाना’ सञ्चालनमा ल्याएका हुन् । 

सुनसरीको धरान सुन्दर नगरीको नाम सुन्दा उनलाई लागेको थियो कि यहाँ नाम अनुसारकै नै खानाको परिकारहरु पनि खान पाईन्छ भनेर तर यी सबै कुरा उनले सोचेको भन्दा फरक पाए ।   

उनी निकै नै स्वादीष्ट परिकार मनपराउने व्यक्ति हुन । उनले धरानका विभिन्न होटेल तथा रेष्टुरेन्टमा खाना खाए तर आफूले आफनो जिब्रोले चाहे अनुसारको खानाको स्वाद भने कहि पनि पाएनन् । अनी उनको मनमा एउटा कुरा चल्यो कि अब म पनि बेग्लै प्रकारका खानाको परिकार बेचेर व्यापार चलाउछु । त्यहाँबाटै सुरु भयो उनको यो ज्वाई खानाको कन्सेप्ट र व्यापारीक यात्रा ।   

ज्वाइँ खानाका सञ्चालक हरि श्रेष्ठ यसअघि साउदी अरब पुगेर काम गर्थे, पछि यो कन्सेप्ट लिएर फर्किएको र धरानमै केही गरौं भनेर लागिपरेको पनि उनी बताउँछन। 

धरान १० पुतलीलाईन स्थित सञ्चालन गरिएको डि–माण्डु मःम ले घरायसी मसलाको स्वाद दिने हेतुले ज्वाँइ खानाको कन्सेप्ट ल्याएको हो । करिब ३० लाखको लगानीमा सञ्चालनमा आउन लागेको यो ज्वाँइ खानामा विशेष बजारिया प्याकेटको मसलाको स्वाद मात्र पाइने बजारमा बिलकुल घरायसी मसलाको स्वाद ग्राहकहरुलाई दिइने छ ।   

घरायसी मसलाको प्रयोगले नेपाली खानाको परम्परागत स्वाद र नेपालीपन झल्किने भएकोले यो कन्सेप्ट ल्याएको सञ्चालक बताउँछन । ‘हाम्रो माग अनुसार र हाम्रो मापन अनुसारको घरायसी मसला काठमाडौंमा तयार हुन्छ ।’ त्यो मसला सिलौटामा पिसेरै बन्ने सञ्चालकको भनाइ छ । 

आजबाट खाना टेस्टिङ हुनेछ मकालु खबरसँग उनले भने ‘नेपालमा ज्वाइँलाई खाना दिँदा स–सम्मान तरिकाले खुवाउने प्रचलन छ, त्यहीँ प्रचलनलाई जीवन्त राख्दै खाना खुवाइने तरिकाको बारेमा सोचेँ ।’  उनले आफनो कदम यीनै व्यवसायबाट अघि बढाउने कोसिश गरे । उनको यो कोशिसले अबको केही समयमा सार्थकता लिँदैछ । 

उनले भने ‘नामअनुसारको नै सेवा दिइन्छ’, ‘विशेषतः परम्परालाई जीवन्त राख्न परम्परागत खाना नै पस्किने कोसिस गरेका हौं ।’ 

श्रेष्ठको भनाई अनुसार ज्वाइँ खानाको जुन नाम जुराइयो त्यहीँअनुसार हस्पिटालिटीको व्यवस्था पनि रहेको उनको भनाइ छ । त्योसँगै त्यहाँ काम गर्ने वेटरहरु पनि सालीहरू जस्तै ग्रहकहरुलाई खाना पस्किएर दिने गरेको व्यवस्था छ ।   

उनको एउटा चाखलाग्दो कुरा के पनि छ–भने त्यहाँ कार्यरत ११ जना कर्मचारीहरुले साली सहर नै सेवा दिने गरेका छन् ।’त्यहीँ कारण होला त्यहाँ जाने जो कोही पनि रुचाउँछन । 

धरान–१० पुतली लाइन (विजयपुर हस्पिटल अगाडि) सञ्चालनमा आएको ज्वाई खाना करिब ३० लाख रूपैयाँको लगानीमा यहि फागुन १४ गते औपचारिक रुपमा शुरूवात गरिन लागेको सञ्चालक श्रेष्ठको भनाइ छ ।   

हालको समयमा होटलहरूमा प्याकेटको मसला बढी प्रयोगमा आइरहेको र परम्परागत स्वाद हराउँदै गएको र त्यसलाई मध्यनजर गरेर  ज्वाईखाना ल्याएको श्रेष्ठले बताए । उनले भने ‘पाकेटको मसला अहिले पनि प्रयोग बढ्दो छ, हाम्रोमा त्यो हुँदैन, भईहाले भने पनि थोरै मात्रामा गर्छौँ। अर्गानिक परम्परागत खाना चखाउने हाम्रो उद्देश्य पनि हो त्यसैले ‘हामीले खानामा सिलौटामा नै  पिसेको मसला प्रयोग गर्छौं ।’ 

ज्वाई खाना खाने स्थानको अर्कौ विशेषता खाना पकाउने भाँडो, कराई लगायतमा पकाइने गरिएको छ । ‘हामीले सकेसम्म भात पकाउने भाडा र कराईमा पकाएको तरकारी खुवाउँछौं उनले भने ।   

खानाको मेनुमा पनि बडो रोचक ढंगले खानाको परिकारलाई प्रस्तुत गरिएको छ । मित ज्वाँइ खाना, भान्जी ज्वाँइ खाना, बहिनी ज्वाँइ खाना, छोरी ज्वाँइ खाना, ज्वाँइ राजा खाना र ज्वाँइ साहेब खाजा सेट गरि ६ वटा परिकार रहेको छ ।   

ज्वाई खानामा पलेटी, लाउन्जर डाइनिङ गरी ३ सेक्सन राखेका छन् । उनले पलेंटीमा, भुईमा, लाउन्जमा सोफामा र डाइनिङ बाँसको कुर्सीमा बस्न सकिने व्यवस्था मिलाएका छन् ।   

यो संगै ज्वाँई खाना भोक लाग्यो डट कम मार्फत पनि अनलाईन डेलिभरको सेवा लिन सकिने बताएका छन् । भोक लाग्यो डट कम मार्फत ज्वाँइ खानाले उद्घाटनको अवसरमा १० दिन विषेश छुटका साथ खाना खुवाइने भोक लाग्यो डट कम सञ्चालकका नरेन कुलुङको भनाई छ ।   

करिब डेढ वर्ष अघि देखि डि काठमाण्डौं मम पसल संचालन गर्दै आएका हरि श्रेष्ठले डि काठमाण्डौंको नामबाट नाम फेरेर डि माण्डु मःम नामकरण गरेका छन् भने ज्वाँई खाना पनि थप सञ्चालनमा ल्याउँदैछन् । 

ज्वाँई खानामा मदिरा उपलब्ध नहुने र पारिवारिक वातावरण हुने उनले बताएका छन् ।   

ज्वाँई खाना करिब ३० लाख लागतमा सञ्चालनमा आउन लागेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *