भारतमा गुडिरहेकै बसमा आगलागी

फागुन ७, काठमाडौं । बुधबार बिहान भारतमा गुडिरहेको एक बसमा अचानक आगलागी भएको छ ।  भारतको झारखण्ड राज्यको पाकुड जिल्लामा राँचीबाट पाकुडतर्फ जाँदै गरेको उक्त बसमा एक्कासी आगलागी भएको हो ।   

स्थानीय समयानुसार करिब पौने पाँच बजे भएको यस दुर्घटनामा कुनै मानवीय क्षती भने हुन नपाएको बताईएको छ । तर  बसको आगोले सडक छेउमा रहेको एउटा घर र पसलमा भने क्षेती पुगेको जानकारी मा आएको छ ।   

भारतिय मिडियाका अनुसार गाडीमा सवार यात्रुहरुले धुँवाको गन्ध थाहा पाएर बस रोक्दासम्म बसको पछिल्लो भागमा आगो सल्किसकेको थियो । समयमै थाहा पाएर यात्रुहरु बाहिर निस्किएका कारण मानवीय क्षति हुन नपाएको हो ।   

बसभित्र रहेका सामान जलेर नष्ट  भएको छ भने आगोलाई वारुण यन्त्रले नियन्त्रणमा  लिईएको बताइएको छ ।  बसमा विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *