भाइरस रोक्न संक्रमित क्यास पैसा पनि नष्ट गर्दै चीन !

फागुन ८, एजेन्सी । नोभल कोरोना भाइरसको संक्रमण अझै जारी रहँदा चीनको केन्द्रिय बैंकले यसलाई रोक्न नयाँ रणनीति अपनाउने बताएको छ । यसमा चिनियाँ सरकारले सम्भावित रुपमा संक्रमित हुन सक्ने सबै क्यास पैसा नष्ट गर्ने बताएको हो ।   

शनिबार ‘पिपुल्स ब्याङ्क अफ चाइना’ ले घोषणा गरेको यो नयाँ तरिका भाइरसको संक्रमण रोक्नका लागि रहेको छ । ७१ हजार भन्दा धेरै मानिसहरु संक्रमित भइसकेको यो भाइरसका बारेमा अझै धेरै कुरा पत्ता लाग्न सकेको छैन । यसैकारण प्रभावित क्षेत्रका भवनहरुलाई लगातार किटाणुरहित बनाउने प्रयास अन्र्तगत एलिभेटरका बटन, ढोकाका ह्यान्डल र सार्वजानिक स्थलमा धेरै छोइने गरेका सतहहरुलाई छिनछिनमा सफा गरिराखिएको छ । यस्तोमा मानिस मानिसबीच एकै दिनमा धेरैपटक अदलाबदली हुने क्यास पैसाबारे पनि सबैले चिन्ता व्यक्त गर्दै आएका थिए । 

त्यसैले अबबाट सबै चिनियाँ बैंकहरुले क्यास वितरण गर्नु अगाडि त्यसलाई ‘अल्ट्रा भोइलेट लाइट’ मार्फत किटाणुरहित बनाउने र उच्च तापमानमा सात देखि १४ दिनसम्म स्टोर गरेर राखेपछि मात्र उपभोक्तालाई दिलाउन कडा निर्देशन दिइएको केन्द्रिय चिनियाँ सरकारले बताएको छ ।   

Image result for चिनिया पैसा

विशेषगरी उच्च जोखिमपूर्ण क्षेत्रहरुमा अस्पताल, बजार लगायतबाट आएका क्यास पैसाहरु फेरि प्रयोगमा ल्याइनुको सट्टा विशेष ट्रिटमेन्टपछि केन्द्रिय बैंक लगिने बताइएको छ । यसबीच ग्वाङजोउमा रहेको केन्द्रिय बैंकको ब्रान्चमा भने उच्च जोखिमपूर्ण स्थलबाट आएका नोटहरु किटाणुरहित मात्र होइन नष्ट नै गरिने बताइएको हो ।   

त्यसबीच पैसाको नयाँ अभाव पूरा गर्न ठूलो सङ्ख्यामा नयाँ नोटहरु इस्यु गरिने बताइएको छ । जनवरीमा मात्र एपिसेन्टर वुहानका लागि ४ अर्ब युआन बराबरका बैंक नोट एलोकेट गरिएको थियो । त्यस्तै अन्य तरिकाहरुमा चाहिँ बढी प्रभावित क्षेत्रमा क्यास पैसाको कारोबार सकेसम्म सिमित गराउन भनिएको छ ।   

तर अहिलेसम्म क्यास वास्तवमै संक्रमित हुन सक्ने स्प्ष्ट भने भएको छैन । किनकी भाइरसहरु मान्छे बाहिरका सतहमा केही घण्टा मात्र बाँच्न सक्छन् भने किटाणुरहित बनाउने केमिकलको प्रयोग गर्दा तिनीहरु नष्ट पनि हुने गर्दछन् । त्यस्तै शहरी क्षेत्रमा मान्छेहरुले क्यास भन्दा मोबाइल पेमेन्टको बढी प्रयोग गर्ने हुँदा यो धेरै ठूला समस्या नहुने पनि बताइएको छ ।   

तापनि यसअघिका विभिन्न अनुसन्धानहरुमा पैसा अत्यन्तै फोहोर हुन सक्ने पाइएको थियो । एउटा व्यक्तिबाट अर्कोकहाँ पुग्ने डलर होस् या नोट, तिनमा अधिक किटाणु हुन सक्ने थुप्रै रिसर्चले पुष्टि गरिसकेका छन् । २०१७ मा न्युयोर्कमा गरिएको एक अनुसन्धानमा अमेरिकी डलरको नोटमा घरपालुवा जीवजन्तुको डिएनएदेखि ड्रग्स र ब्याक्टेरिया अनि विभिन्न खालका भाइरस फेला पारिएको हो ।  

तर यसको अर्थ पैसाको कारोबार खतरनाक हुन्छ भन्ने चाहिँ होइन किनकी पैसा मार्फत संक्रमण फैलनुलाई चिकित्सकहरुले अत्यन्तै दुर्लभ बताउने गरेका छन् । जस्तै अहिलेसम्म एटिएमबाट कुनैपनि संक्रमण सुरु भएको घटना छैन । तर हालको नयाँ कारोना भाइरस नियन्त्रण गर्नका लागि भने चीनले सबै तरिका अपाउने र सम्भव भएसम्मका प्रयास जारी राख्ने बताएको छ । वुहानबाट सुरु भएको सो भाइरस अहिले २८ वटा राष्ट्रमा फौलिसकेको छ । यसमा मृत्यु हुने १,७७५  मध्ये पाँचजना बिरामी चीन बाहिर रहेका थिए ।   

यसरी भाइरस नियन्त्रण गर्ने अन्य प्रयासहरु अर्न्तगत चीनले ६ करोड मानिसलाई शहरबाट बाहिर निस्कन दिएको छैन । यस्तोमा संक्रमणको जोखिमका कारण मानिसहरु पैसा छुन मात्र नभएर घर बाहिर निस्कन समेत डराइरहेका छन् । 

 उनीहरु बाहिर निस्कँदा समेत आफूलाई पलास्टिकले पुरै ढाकेर हिँडिरहेका छन् । यसबीच विश्वभरका विज्ञहरु यो नयाँ भाइरसबारे अझ धेरै जानकारी हासिल गरि यसको फैलावट रोक्नमा जुटिरहेका छन् । आइतबार मात्र विश्व स्वास्थ्य संगठन र अन्र्तराष्ट्रिय विज्ञहरुको टोली भाइरस विरुद्ध संयुक्त रुपमा लड्न बेइजिङ पुगेका हुन् ।  सिएनएन 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *