अमेरिकाद्वारा इरानको मिसाइल हमलामा १ सय ९ सैनिक घाइते भएको स्वीकार

माघ २८, काठमाडाैँ । गत जनवरीमा इराकमा रहेको आफ्नो सैन्य बेसमा इरानले गरेको मिसाइल हमलामा घाइते भएका सैनिकको संख्या १ सय ९ पुगेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा सो हमलामा कोही पनि अमेरिकी सैनिक घाइते नभएको बताएका थिए । तर, पछि पेन्टागनले उक्त हवाइ हमलामा ६४ जना घाइते भएको बताएको थियो । अहिले सो सङ्ख्या बढेर १ सय ९ जना पुगेको हो । 

अमेरिकाले इरानी सैन्य कमान्डरको हत्या गरेपछि जनवरी ८ मा इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण भएको थियो । 

अमेरिकी अधिकारीहरुका अनुसार सो हमलामा १ सय ९ जना सैनिक ट्रमाटिक ब्रेन इन्जुरी ९टीबीआई० का शिकार बनेका हुन् । पेन्टागनले घाइतेमध्ये ७० प्रतिशत सैनिक पुनः सेवामा फर्किसकेको जनाएको छ । घाइते सैनिकको सङ्ख्यामा झण्डै दोब्बरले वृद्धि भएपछि रिपब्लिकन पार्टीकी सांसद जोनी अर्नेस्टले यसबारे प्रश्न उठाएकी छिन् । 

गत महिना ट्रमाटिक ब्रेन इन्जुरीबारे प्रश्न गर्दा राष्ट्रपति ट्रम्पले टीबीआई धेरै चिन्ताजनक विषय नभएको बताएका थिए । 

अमेरिकी सेनाका अनुसार युद्धग्रस्त क्षेत्रमा टीबीआई सामान्य हो । यो विशेष गरेर विस्फोटका दौरान हुनेगर्दछ । विस्फोटको कारण सैनिकको मस्तिष्कमा चोट पुग्नेगर्छ । सन् २००० यता ४ लाख अमेरिकी सेनामा टीबीआई भेटिएको अमेरिकी सरकारको तथ्याङ्क छ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *