दिल्ली विधानसभा निर्वाचन : आम आदमी पार्टीको अग्रताले भाजपालाई धक्का लाग्ने

माघ २८, एजेन्सी । भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ। 

तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा ‘आप’ले ठूलो जित हाँसिल गर्ने विभिन्न ‘एक्जिट पोल’ले देखाएका छन्। 

मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण तथा प्रारम्भिक मतगणनाले तुलनात्मक रूपमा लामो इतिहास नभएको आपले भारतको केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो धक्का दिने देखाएका हुन्। 

उक्त क्षेत्रीय दलले शक्तिमा रहँदा शिक्षा र विकासमा दिएको ध्यानको निकै प्रशंसा हुनेगरेको छ। 

भाजपाले त्यहाँ आफ्नो सङ्घीय गृहमन्त्रीको नेतृत्वमा निकै चर्को निर्वाचन अभियान सञ्चालन गरेको थियो। 

मंगलबार बिहानसम्म प्रारम्भिक मतगणनामा आप ५० भन्दा बढी स्थानमा अगाडि देखिएको छ। त्यहाँ सरकार बनाउन कुल ७० मध्ये ३६ सीट जित्नुपर्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *