काश्मिरमा बस दुर्घटना हुँदा ९ को मृत्यु

फाेटाे फाइल 

फागुन ११, भारत । गएराती काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा  ९ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।   

स्थानिय प्रहरीका अनुसार १४ जना यात्रु सवार उक्त बस काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा भिरबाट खोंचमा झरेर दुर्घटना हुन पुगेको हो ।   

एक प्रत्यक्षदर्शीका अनुसार अत्याधिक तिव्र गतिमा रहेको उक्त बस चालकले नियन्त्रणमा लिन नसक्दा उक्त दुर्घटना हुन पुगेको थियो ।  दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेमा केही महिला र बालबालिका रहेको स्थानिय प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *