वुहानबाट नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज, १० जना उतै रोकिए

फागुन ४, काठमाडौं । चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ । वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

चीनस्थित नेपाली दूतावासका अनुसार उहानबाट १ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिए पनि ६ जना ज्वरोका कारण उहान विमानस्थलमै रोकिए भने ४ जना स्वइच्छाले नेपाल नआएका हुन् । उक्त विमानमार्फत ल्याइएका १ सय ७५ जनामध्ये १ सय ७० जना विद्यार्थी छन् । अन्य २ जना भ्रमणका लागि गएका, १ जना कामका लागि गएका र १ जना बच्चा रहेकाले स्वइच्छाले नेपाल नफर्किएका हुन् । 

चीन सरकारले नेपालीहरूलाई नेपाल पठाउनुअघि विमानस्थलमा स्वास्थ्य परीक्षण गरेको थियो । त्यस क्रममा ६ जनालाई ज्वरो आएका कारण चीनले नेपाल आउनबाट रोकेको हो । चीन सरकारले यसअघि नै ज्वरो र रूघाखोकी लागेकालाई नपठाउने बताएको थियो । 

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *