सुध्रिदैछ मौसमः यस्तो छ तीनदिनको मौसम
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
माघ १९, काठमाडौं । माघको अन्तिम साता लाग्दै गर्दा मुलुकको मौसममा सुधार हुँदै गएको छ । पुस माघको कठ्यांग्रिदो जाडो हराउँदै अब न्यानो बढ्दै गएको छ ।
नेपालको पुर्वी तथा मध्य भू–भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मध्य पहाडी भू–भागमा आशिंक बदली रहेको छ ।
केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हिमपात हुने वाहेक त्यस्तो ठूलो परिवर्तन हुने संभावना कम छ । तराईमा लाग्ने बाक्लो हुस्सु घट्दै गएको छ । शितलहरपनि कम हुँदै गएको मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
null
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १९ गते (आइतबार)
आज दिउँसो पुर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशभर मौसम सामान्यतया सफा रहनेछ ।
माघ २० गते (सोमबार)
दिउँसो पुर्वी तथा मध्य नेपालका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । साथै राती देशभर मौसम सामान्यतया सफा रहनेछ ।
माघ २१ गते (मंगलबार)
दिउँसो देशभर आंसिक बदली रहनेछ । देशको पहाडी भू–भागका एक वा दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।
राती देशको पश्चिमी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंसिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)