पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यदर

फागुन ६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।   

मूल्य घटाएपछि यसअघि प्रतिलिटर ११० रुपैँया पर्ने पेट्रोल अब १०८, प्रतिलिटर ९९ रुपैयाँ पर्ने डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार मूल्य घटाइएको निगमका प्रवक्ता गोइतले जानकारी दिए ।   

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *