३८ क्वीन्टल सुन तस्करी प्रकरण : गोरेकी श्रीमतीसहित चारजना धरौटीमा रिहा

विराटनगर । सुन तस्करी प्रकरणमा गोरेकी श्रीमतीसहित चार जना धरौटीमा रिहा भएका छन् ।  करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा फरार रहेका चारजना हाजिर भएलगत्तै धरौटीमा रिहा भएका हुन् ।   

चुणामणि उप्रेती गोरेकी श्रीमती, नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारीसहित चारजना धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत मोरङले बताएको छ ।   

यस्तै जिल्ला अदालत मोरङमा ७५ जनाविरुद्ध दायर भएको मुद्दामा फरार रहेका १९ जनाविरुद्ध जिल्ला अदालत मोरङले ३५ दिने सूचना जारी गरेको छ । 

null

जिल्ला अदालत मोरङले म्याद तामेली नभएका १९ जनाको नाममा ३५ दिन भित्र हाजिर हुने गरी सूचना जारी गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिएका हुन् ।  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *