एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

माघ २३, काठमाडौं । एनसेलले नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा ‘भ्यालेन्टाइन अफर ल्याएको छ । एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको हो ।   

यो अफरमा ग्राहकले मात्र रु एक सय (कर सहित मात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् । 

एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । 

null

‘भ्यालेन्टाइन अफर’ यही शुक्रबार (माघ २४) देखि लागू हुनेछ । यो अफर ३ महिनासम्म सञ्चालनमा रहने जनाइएको छ । भ्यालेन्टाइन अफर सञ्चालित महिना ग्राहकले कर सहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् । 

अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले एस्टिक् १७११८ एस्टिक २ एस्टिक् ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् ।   

यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *