डेराबटै चार किलो चरेस सहित थापा पक्राउ

माघ २१, काठमाडौं । महानगरीय प्रहरी बृत्त कालीमाटीले लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरी बृत्त कालीमाटीले विशेष सूचनाको आधारमा छापा मारि नागर्जुन नगरपालिका स्युचाटारबाट चरेससहित एक जनालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक रूगँम कुवरले  मकवानपुर जिल्ला थाहानगपालिका ७ हाल नागर्जुन नगरपालिका स्युचाटार डेरा गरि बस्ने ५४ वर्षीय कुमार भन्ने रामबहादुर थापालाई उनकै डेराबाट पक्राउ गरिएको बताए । 

प्रनाउ कुवरले भने,‘विगत लामो समय देखि चरेस तस्करीको काम गर्ने मकवानपुरको मनहरीबाट चरेस ओसारपसार गर्दै आएको भन्ने सूचनाको आधारमा हामी उनलाई निगरानीमा राखेका थियौं । त्यसैको आधारमा उनलाई पक्राउ गरिएको हो । उनले युवापुस्ताहारूलाई सानो सानो परिणामको चरेसलाई पनि महङ्गोमा विक्रि गर्दै आएका थिए ।’ 

महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार थापाको साथवाट  ४ केजी १८ ग्राम चरेस बरामद गरेको जनाएको छ । 

प्रहरीका अनुसार थापालाई लागुऔंषध ऐन २०३३ अन्तर्गत म्याद थप गरि मुद्दा चलाउने तयार गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *