कनेक्ट आइपीएसमा रजिष्ट्रेशन गर्दा बैंक अफ काठमाण्डूका ग्राहकलाई एक सय रुपैयाँ

माघ २६ काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकका खातामा एक सय रुपैयाँ जम्मा हुने भएको छ । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबिच सहमति भएसँगै बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय रुपैयाँ खातामा जम्मा हुने भएको हो ।   

बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसमा आफ्नो खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरिफाइ भएपश्चात् रु एक सय जम्मा हुनेछ ।   

कनेक्ट आइपीएसमा रजिस्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुविधाहरुको सजिलै उपयोग गर्न सक्ने जानकारी बैंकले गराएको छ ।   

null

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *