काठमाडौँमा चालकलाई छुरा प्रहार गरी फरार हुने २ पक्राउ

फागुन ४, काठमाडौं ।  काठमाडौँमा माघ २४ गते बिहान बा २१ च ९६१८ का मारुती भ्यानका चालकमाथी छुरा प्रहार गरी फरार रहेका दुई जना पक्राउ परेका छन् ।   

काठमाडौंको वसुन्धरामा भ्यान चालक खिलबहादुर रानामाथि  छुरा प्रहार गरी गम्भिर घाइते बनाई फरार रहेका ती २ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा विप्लव कुँवर र रावल श्रेष्ठ शिल्पकार रहेको महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ ।  प्रहरीका अनुसार पक्राउ परेका उनीहरु बिरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । 

Image result for छुरा प्रहार गरी फरार हुने २ पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *