चुनाव जितेका सांसदलाई हानेको गोली लागेर समर्थकको मृत्यु, एक घाइते

माघ २९, काठमाडौँ । गएराती मन्दिरबाट दर्शन गरेर घर फर्कने क्रममा नयाँ दिल्लीको महरौली विधानसभाबाट बिजयी हासिल गरेका आपका सांसद नरेश यादवको कार्केडमा गोलीबारी भएको छ ।   

रातको करिब  ११ बजे भएको उक्त  गोलीबारीमा उनको समर्थक   हुँदा उनका समर्थक अशोक मान को मृत्यु भएको छ भने अर्का समर्थक हरेन्द्र घाइते भएका छन् ।   

भारतीय संचार माध्यमका अनुसार  एक युवकले पछाडिबाट सांसद नरेशलाई ताकेर  दुई राउन्ड फायरिङ गरेका थिए । तर उक्त गोली नरेशसँगै उभिएका उनका समर्थकलाई लाग्न पुगेर उनी बच्न सफल भए ।   

Image result for सांसद नरेश यादव

हाल घाइते हरेन्द्रको उपचार  अस्पतालमा भईरहेको र हमलाकर्ताको खोजीकार्य भईरहेको स्थानिय प्रहरीले जनाएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *