लागू औषधसहित पूर्व शसस्त्र प्रहरी पक्राउ

फागुन २८, चितवन । चितवनको खैरहनीबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । 

लागू औषध कारोवार गर्न लागेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले बारा चैनपुर चोकबाट एक जनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा बारा घर भई हाल राप्तीको भण्डारामा डेरा गरि बस्ने गुरु प्रसाद चौधरी रहेका छन् । प्रहरीका अनुसार चौधरी पूर्व शसस्त्र प्रहरीका जवान हुन् । 

खैरहनीको चैनपुर चोकमा रहेको प्रतिक्षालय अगाडी उनको स्कुटरमा चेक गर्दा डिक्की भित्र राखेको नाईट्रोभेट १० लेखिएको लागू औषध २७० थान ट्यावलेट प्रहरीले बरामद गरेको थियो । 

चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गरि लागू औषध कसुरमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक शेखरकुमार शाहले बताए । 

यस्तै रत्ननगर २ बुढीकुलोबाट लागू औषध नाईट्रोभेट १० सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर १ का मनोज महतो र रत्ननगर ४ का सुजन महतो रहेका छन् । उनीहरुका बारे पनि म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

बरामद लागूऔषध 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *