कोभिड १९ : कोरोना कोषलाई पूर्व राजा ज्ञानेन्द्र शाहले २ करोड दिने

चैत १८, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषलाई दुई करोड दिने भएका छन् ।   

उनले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विरुद्ध  लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् । 

उनले मंगलबार एक  प्रेस वक्तव्य जारी गरी २ करोड सहयोग गर्ने घोषणा गरेका हुन्,   

‘दुःख(कष्ट र आपत विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं’ उनले भनेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *