विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा जुम्लामा कोरोना संक्रमणको जोखिम

चैत्र १८, जुम्ला । विदेशबाट आएकाहरुलाई निगरानी राख्नको लागि जुम्ला जिल्लाका आठ वटै स्थानीय तहहरुमा २ सय ४२ वटा निगरानी केन्द्र निर्माण भएता पनि ७१ जना मात्र क्वारेन्टाइमा रहेका छन् ।  विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा जुम्लामा कोरोना संक्रमणको जोखिम बढेकाे छ । 

भारत तथा खाडी मुलुकबाट आएकाहरुलाई राख्न बनाइएका क्वारेन्टाइनमा २ सय ४२ वटा वेड भएपनि अधिकांश वेडहरु खाली छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा ३०, हिमा गाउँपालिकामा ३२, पातारासीमा १०, गुठिचौरमा ६, तिलामा ५३, कनकासुन्दरीमा २०, तातोपानीमा ५० र सिंजा गाउँपालिकामा ४ गरि २ सय ४२ वेड क्षमताको क्वारेन्टाइन भएपनि ७१ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् ।   

चन्दननाथ नगरपालिकाले कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरेको क्वारेन्टाइनमा हालसम्म एक जना पनि बसेका छैनन् । भने हिमा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा ३२ जनालाई राखिएको छ । पातारासी गाउपालिकामा ३ बच्चा सहित ९, गुठिचौरमा १, तिलामा १०, होम क्वारेन्टाइनमा १ जना, सिँजामा १२ जना र कनकासुन्दरीमा रहेकोे क्वारेन्टाइनमा ५ जना राखिएको छ । तातोपानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सबै जना घर गैसकेका छन् ।   

खाडी मुलुक तथा भारतबाट आएकाहरुलाई २ हप्ता क्वारेन्टाइनमा राख्ने प्रावधान छ हाल दुई हप्ता कुनै पनि व्यक्ति जुम्ला जिल्ला अथवा जिल्ला बाहिर नबसेको सहजै अनुमान गर्न सकिन्छ ।   

जुम्लाबाट १५ जना विदेशी फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । हाल सम्म ११ जना महिला ६० जना पुरुष मात्रै क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको देखिएकाे छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार ३ सय ७१ जना भारतबाट जुम्ला भित्रिएका छन् भने तेस्रो मुलुकबाट १३ जना जिल्ला भित्रिएका छन् ।  

लकडाउनकै समयमा जिल्ला भित्रिएका धेरै जसो ब्यक्तिहरु क्वारेन्टाइनमा नबसेर गाउँ घरमा गैसकेका छन् । स्थानीय तहले पटक पटक अनुरोध गर्दा समेत उनिहरु क्वारेन्टाइनमा बसेका छैनन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *