०७७ सालमा कति दिन छ सार्वजनिक बिदा ? (सूचिसहित)

चैत १८, काठमाडौं। सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ। केन्द्र सरकारले दिने सार्वजनिक बिदाको सूची नेपाल राजपत्रमा प्रकाशित गरिको हो।   

सचिव महेश्वर न्यौपानेले जारी गरेको पत्रमा ५२ शनिबार बिदा उल्लेख छ भने पर्व, जयन्तीलगायतमा बिदा दिने उल्लेख छ। नयाँ वर्ष वैशाख १ मा बिदा हुनेछ। यस्तै महाशिवरात्री फागुन २७, पहाडी जिल्लामा होली चैत १५, तराई जिल्लामा होली चैत १६ मा बिदा हुनेछ। 

धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि पनि सार्वजनिक बिदा दिने उल्लेख छ। हरितालिका तिजको अबसरमा भदौ ५ गते महिला कर्मचारीलाई मात्र बिदा छ। जितिया पर्व मनाउनेका लागि भदौ २५ गते बिदा छ। 

फागुन ४ गते बसन्त पञ्चमीका दिन शिक्षण संस्थामा बिदा दिइएको छ। काठमाडौं उपत्यकालाई मात्र जात्रामा बिदा दिइएको छ। गाईजात्रा साउन २० गते,  इन्द्रजात्रा भदौ १६ गते, घोडेजात्रा चैत २९ गते र मत्स्येन्द्रनाथको भोटो देखाउने दिन बिदा दिइएको हो। 

दशैंका लागि कात्तिक ७ देखि ११ सम्म बिदा दिइएको छ। फूलपातीदेखि एकादशीसम्म बिदा दिइएको हो। कात्तिक २९ गते लक्ष्मीपूजा पूजा, कात्तिक ३० गते म्हपूजा र मंसीर १ गते भाइटीकामा बिदा छ। 

सरकाले विभिन्न दिवसमा बिदा दिने निर्णय गरेको छ। वैशाख १९ गते मजदुर दिवस, संविधान दिवस असोज ३ गते बिदा छ भने फागुन २४ गते महिला दिवसमा महिलालाई मात्रै बिदा छ। यस्तै अपांगता भएका कर्मचारीलाई मंसीर १८ गते बिदा छ। दिवसको अबसरमा बुद्ध जन्यन्तीमा वैशाख २५ गते बिदा दिइएको छ। हेर्नुस् राजपत्र: 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *