विदेशबाट नेपाल आएका तीन युवामा कोरोना परिक्षण गरिँदै

चैत्र ११, धरान । फ्रान्सबाट नेपाल आएका धरानका तीन युवाहरु कोरोना भाइरस (कोभिड १९) संक्रमित हुन् या हाेइनन्, परिक्षण गरिने भएकाे छ । 

होम क्वारेन्टाइनमा बस्ने सर्तमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर पठाईएका धरान–१६ का ३ जना युवाहरुले सर्त पालना नगरी बाहिर घुमफिर गरिरहेको पाइएपछि उनीहरुमा कोरोना परिक्षण गर्न लागिएकाे धरानका मेयर तिलक राईले जानकारी दिए । 

धरान–१६ स्वामी चोकका ती युवा आज विहान पनि चुरोट किन्न पसल पुगेको उनका एक छिमेकीले बताए । उनले नाम नखुलाउने सर्तमा मकालु खबरसँग भने– ‘उनलाई तुरुन्त अस्पतालमा लैजानुपर्छ । एकदमै लापरवाही भइरहेको छ ।’ 

उनीहरुलाई बाहिरी देशबाट होम क्वारेन्टाइनमा बस्न नेपाल पठाए पनि नबसेको भन्ने थाह पाएपछि स्थानीयहरु चिन्तित देखिन्छन् । 

करिब ३ दिन अगाडी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ बर्षीय युवतीलाई कोरोना भाईरस भएको पुष्टि भइसकेको छ । ती युवाहरु पनि कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आए–नआएको पुष्टि हुन बाँकी रहेको वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । 

गिरीका अनुसार तीनीहरुमध्ये एक जना कतारबाट ७ दिन अघि घर आएका हुन् भने अर्का दुबईबाट ६ दिनअघि र अर्का एक जना कोरियाबाट ३ दिनअघि घर आएका हुन् । तीनै जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा क्वारेन्टाइन पठाउने तयारी भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *