कोरोना संक्रमित बाग्लुङकी किशोरीको स्वास्थ्यमा सुधार

चैत १८, काठमाडौं । धौलागिरि अञ्चल अस्पतालमा उपचारमा रहेकी कोरोना भाइरस संक्रमित युवतीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।  

चिकित्सकहरुका अनुसार आइसोलेसनमा उपचाररत बाग्लुङकी ती युवतीको स्वास्थ्यमा राम्रो सुधार आएको हो । उनले आइसोलेसनमा रहेदेखि खाना खान मन गरेकी थिइनन् । तर सोमबार राम्रोसँग खाना खाएको र मनोबल पनि बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।   

स्वास्थ्यमा सुधार आएसँगै उनको दोस्रो चरणको कोरोना परीक्षण हुने छ, परीक्षणका लागि सोमबार नै किशारीको स्वाब निकालिएको डा. पोखरेलले बताए । २२ वर्षीया ती युवतीलाई गएको शनिबार कोरोना संक्रमण पुष्टी भएको थियो । 

null

उनी ४ चैतमा फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको जहाजमार्फत नेपाल आएकी थिइन् । उनी कठमाडौँबाट जहाजमा पोखरा र त्यहाँबाट स्कार्पिओमा घर पगेकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *