कोरोना भाइरसको विषयमा यो सबै नाटक जस्तो लाग्छ: राजकुमार विलियम्स
चैत्र १३, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ब्रिटेनका शाही परिवारका उत्तराधिकारी प्रिन्स चार्ल्स संक्रमित छन् । यतिबेला केही समयअघि उनका छोरा राजकुमार विलियमले कोरोनाको मजाक उडाइरहेको भिडियो भाइरल भएको छ ।
भिडियामो राजकुमार विलियम्स केही व्यक्तिसँग कोरोनाबारे कुरा गर्दै यसको मजाक उडाइरहेका छन् । भिडियोमा राजकुमार विलियम्सले भनेका छन्, ‘मलाई थाहा छ हरेक व्यक्तिले भनिरहेका छन्, मलाई कोरोना भाइरस छ । म मर्दैछु । तर वास्तवमा तिमीलाई खोकी मात्रै त लागेको छ ।’
उनी थप्छन्, ‘कोरोना भाइरसको विषयमा यो सबै नाटक जस्तो लाग्छ, के तपाईंलाई लाग्दैन, यो मिडियाले बढाईचढाई गरेको कुरा हो ?’ त्यसपछि राजकुमार विलियम्सले ठट्टा पारामा भन्छन्, ‘ड्युक र डचेसले कोरोना बढाइरहेका छन् । माफ गर्नुहोला अर्थात्, हामी यसमाथि निगरानी राखिरहेका छौं ।’ राजकुमार विलियम्सको यो भिडियो ३ मार्च २०२० को डबलिनको हो ।
स्मरण रहोस्, बेलायतको राजदरबारबाट राजकुमार चार्ल्सलाई कोरोना भाइरस भएको पुष्टि गरिएको थियो । त्यसपछि उनकी श्रीमती क्यामिलालाई पनि क्वारेन्टिनमा राखिएको छ जबकी घरको स्यानिटाइजेशन गरिएको छ ।
बेलायती मिडिया अनुसार केही दिन अघि राजकुमार चार्ल्सले मोनेकोका राजकुमार एल्बर्टलाई भेटेका थिए जसमा पछि कोरोना भाइरसको संक्रमण देखियो । एजेन्सी