गाँजा खेतीलाई फुकुवा गर्न माग गर्दै संसदमा विधेयक दर्ता

फागुन १९, काठमाडौं । पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने गैरसरकारी विधेयक संसदमा दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ । 

विधेयक दर्ता गर्दै सांसद तामाङले यो कानुन पास भएपछि नेपालको अर्थतन्त्रमा ठूलो सहयोग गर्ने बताए । गाँजा निर्यात गरी आयआर्जन बढाउन सकिने उनको भनाइ छ । उनले गाँजाको प्रतिवन्ध फुकुवा भएमा ८० प्रतिशत युवा विदेशबाट स्वदेश फर्किने दाबीसमेत गरेका छन् । 

अहिले नेपालमा गाँजाको खेती तथा कारोबार प्रतिबन्धित छ । नेपालमा प्रतिबन्धित गाँजा अन्य विभिन्न देशहरुमा भने कानूनी रुपमा खरिदबिक्री हुन्छ । गाँजामा ४०० भन्दा बढी तत्व पाइन्छन् जुन क्यान्सर लगायतका विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *