कामकाजी महिलाहरुलाई छोएन नारी दिवसले

फाेटाे स्राेतः गुगल 

फागुन २५, बिराटनगर । बिगतका दिनहरु भन्दा पछिल्लो समय नारी दिवसको चर्चा एकाएक बढ्दै गएको छ । यसै दिवसको अवसरमा महिलाहरुसँग आवद्ध संघ संस्थाहरुले बिभिन्न साताव्यापि कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन् । 

नेपालको सन्दर्भमा भन्ने हो भने महिलाहरुको हक, हितका लागि नारी मुक्ति आन्दोलनसँग जोडेर नारी दिवस मनाउन थालिएको तीन दशक बितिसकेको छ ।   

मार्च ८ भन्ने वित्तिकै महिलाहरुलाई राजनितिक, सामाजिकरुपमा समान अधिकार, समान ज्याला साथै समान मताधिकारका विषयमा लाखौं महिलहरुको बुलन्द आवाज र मुठिको सम्झना स्वरुप मनाईने गरिन्छ ।   

महिला मुक्ति आन्दोन समान श्रमको हक अधिकारका लागि महिला मजदुरहरुको त्याग र सम्र्पणको सम्झना स्वरुप हो महिला दिवस । मार्च ८ अर्थात महिला दिवसले महिला मजुदरको लामो संघर्ष र आन्दोलको सफलताको शुभारम्भलाई अकिंत गर्दछ ।   

तर कतिपय शहरका मजदुर गर्ने र कामकाजी महिलाहरुलाई नारी दिवसले छोएको छैन । बिराटनगरको गुद्रि बजारमा दशक देखि फलफुल बेचेर कपाल फुलाएकी ६० वर्षिया निलम देवी शाहलाई नारी दिवस कागलाई बेल पाक्यो हर्ष न बिषमात् झैँ भएको छ । १३ वर्षको उमेरमा बिवाह गरेको बताउने शाह भन्छिन् नारी दिवस भन्दै काम नै छोडेर कार्यक्रममा हिँड्दा चुलो बल्दैन हजुर । यसरी नै उमेर छिपिँदै गयो जिम्मेवारीहरु पाक्दै गए ।   

फलफुल बेचेर नै जीविकोपार्जन गर्दै तीन सन्तान हुर्काएको बताउने  शाहका   लागि एक दिन काम छाड्दा घरमा सब्जी खान  नै धौ, धौ पर्छ । बिहान ८ बजे देखि उनको दैनिकी सुरु हुन्छ । उनी भन्छिन् पैसा हुनेका लागि मात्रै हो दिवस, हाम्रो लागि होईन् । त्यस्तै बिराटनगर १३ घर भएकी सिनियर स्टाफ नर्स रेनु राउत अस्पतालमा बिरामीको हेरचाहमा व्यस्त देखिन्छिन्।   

कहिले बिरामी कुरुवालाई सम्झाउन पुग्थित त घरी बिरामीहरुको नारी छाम्न पुग्थिन् । तर पनि उनको अनुहारमा उही हाँसो आज नारी दिवस हैन ? प्रश्न तेर्साइसक्दा उनले एकै स्वासमा  भनिन् ‘हामी एक दिन बिदा बस्दा यहाँ सयौं बिरामीको स्वस्थ्यको जिम्मेवारी हाम्रो काँधमा हुन्छ ।’ पहिलो प्राथमिकता आफ्नो जिम्मेवारी, त्यसपछि नारी दिवस । उनले थपिन् नारी दिवस भाषण र अथितिको आसनमा मात्रै सिमित छ, दुख पाउने सधैं दुखको  चेपमा अड्किरहेका छन् । 

सोहि अस्पतालको कर्मचारी सरीता घिमिरेलाई पनि नारी दिवसले छोएको छैन । गछिया देखि बिराटनगर धाउँछिन् । बिहान ८ बजे आफ्नो छोरालाई स्कुल छोडेर उनी अस्पतालसम्म आईपुग्छिन् । श्रीमान, सासु, ससुरा बच्चा अनि अफिस, घरभित्रको सम्बन्ध र  कार्यालयको जिम्मेवारी महिलाका लागि चुनौतीको विषय भित्र नै पर्दछ ।   

तर पनि उनी समयमा नै कार्यालय आउछिन्,  उनीले भनिन् ‘महिलाहरु समय र जिम्मेवारीलाई मिलाउनमा विज्ञ नै हौँ, त्यहि भएर त हामी धर्ती माता हौँ । उनले थपिन हामी अवसर पनि खोज्ने,  सहानुभुति पनि माग्ने ?  एक दिन मात्रै होईन नारी दिवस, ३६५ दिन नै हाम्रा लागि नारी दिवस ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *