‘अत्यावश्यक वस्तुको बिक्री वितरण पारदर्शी बनाउनुपर्ने’

चैत्र ४, काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासङ्घले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएको छ । महासङ्घको मंगलबार नक्सालमा बसेको बैठकले कोभिड–१९ को कारण देखाउँदै मास्क, सेनेटाइजर, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु बिक्री वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।   

महासङ्घका अध्यक्ष कमला गुरुङले मुलुकलाई पर्दै गएको कठिन परिस्थितिमा सबै क्षेत्र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार र सहयोगी बन्नुपर्ने  बताए। “सेवा क्षेत्रका पर्यटन, औषधिजन्य क्षेत्रमा यसको असर पर्ने भएकाले आ–आफ्नो भूमिकालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु जरुरी छ,”–उनले भने ।   

महासङ्घले नेपालमा कोभिड–१९ फैलन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । कोभिड–१९ को कारण उद्योग, तथा व्यापार क्षेत्रमा समेत ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रले दिने ब्याजदरमा विशेष सहुलियत दिन बैठकले निर्णय गरेको छ । 

null

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *