कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

फागुन २९, काठमाडौं । आज पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पश्चिमी भू-भागमा भने सामान्य बदली रहने छ । 

यस्तो छ आज र भोलीको पूर्वानुमान :-   

फागुन २९गते (बिहिबार) 

null

दिउँसोः देशका मध्य र पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआँशिक बदली रहनेछ । पहाडि भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआँशिक बदली रहनेछ । पहाडि भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

फागुन ३० गते (शुक्रबार) 

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ । केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ । मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

रातीः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *