उपराष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

फागुन १९, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।   

प्रेस संयोजक घर्तीका अनुसार उपराष्ट्रपति पुनले स्वदेशमा नै मिर्गौला प्रत्यारोपण गरेमा स्वास्थ्य क्षेत्रमा जनताको विश्वास बढ्ने विचार प्रधानमन्त्रीसमक्ष राखेका थिए । विसं २०६७ मा उपराष्ट्रपति पुनको पनि मिर्गौलामा समस्या देखिएपछि स्वदेशमा नै उपचार  भएको थियो ।  

प्रधानमन्त्रीको तेह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीले गत तिहारपछि यता नियमित मिर्गौलाको डायलोसिस गराउँदै आएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिने तयारी छ ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *