इन्भेस्टमेन्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाँगुनारायणमा

चैत्र ५, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।   

दुवाकोटस्थित  विस्तारित काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ । यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुने छ । 

यो नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) को १७ औं एक्सटेन्सन काउन्टर हो ।   

एनआईबीएलले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरू मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।  

यो बैंकले अनुकरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक–२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ । यसका साथै, इक्रा नेपाल ९इन्टरनेसनल क्रेडिटरेडिङ एजेन्सी (नेपाल) द्वारा ए प्लसको क्रेडिट रेटिङ पनि प्राप्त गरिसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *