साग्रिला डेभलपमेन्ट बैंकको कोरोना फाइरस सम्बन्धी सचेतना कार्यक्रम

फागुन २३, काठमाडौँ । साग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाले जनजागरण मा.वि.गल्छी ४ धादिङ्गमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।   

बैंकले यस मा.वि.का कक्षा १ देखि १२ सम्म विद्यार्थी, शिक्षक/शिक्षिका,कर्मचारीलाई गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरेको हो ।   

 बैंकका गल्छी शाखाको प्रमुख गौरब काफ्ले ले कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई नी बचाऔ भन्दै  काेरना भाइरसबाट बच्न सरसफाईमा बिशेष ध्यान दिने, मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने,  भिडभाडमा नजाने, नियमीत शारिरीक ब्याम गर्ने, मधपान मासहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने, बिहान बेलुका घीउको सेवन गर्ने रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए । 

स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमाल ले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउँदै घरमा आफनो परिवार छरछिमेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे साथै सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरिन् । साथै उनले यस्ता कार्य गर्नेलाई सरकारले कडा भन्दा कडा कारबाही गर्न समेत अनुरोध गरे । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गल्छी गा.पा.वडा न.४ का बडा अध्यक्ष एवम विधालय ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका राजु अधिकारी ले साग्रिला डेभलपमेन्ट बैकको शाखा गल्छी ले विश्वब्यापी रुपमा फैलिरहेको यो कोराेना भाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिदैँ उनले अझै ग्रामिण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *