कोरोना कहर : भारत पनि तीन साताका लागि लकडाउन

चैत १२, काठमाडौं । भारत सरकारले आगामी तीन साताका लागि ‘लकडाउन’ लागू गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । 

मंगलबार राती १२ बजेदेखि पुरै देशभर लाकडाउन गरिएको हो । लाकडाउन अवधीभर घरबाट बाहिर निस्कन पूरा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५०० नाघेपछि पूरै देश लकडाउन गरिएको हो ।   

‘यो संख्यालाई यस्तो विन्दु मानिन्छ, जहाँबाट कोरोना भाइरस फैलिने क्रम तीव्र गतिमा बढ्न सक्छ । आगामी २१ दिन हाम्रो दिन अत्यन्तै संवेदनशील छ, प्रधानमन्त्री मोदीले भने, यसबीच तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ, त्यहीँ त्यहीँ घरभित्रै बस्नुहोला ।’ 

null

कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको उनले बताए । उनले यस अवधीमा हरेक राज्य, जिल्ला, गल्ली र गाउँ लकडाउन हुने बताए । सरकारले अत्यावश्यक सबै कुराको तयारी गरेको उनले बताए । उनले सबै जनतासामु सरकारले लागु गरेका नियम पालना गर्न अनुरोध गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *