होलीमा एन आई सी बैंकले ल्यायो शत प्रतिशत नगद फिर्ता अफर

  

फागुन २२, काठमाडौँ ।  एन आई सी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि शत प्रतिशत नगद फिर्ता अफर ल्याएको छ ।   

यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम रू. ५,००० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । 

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकले पर्याप्त फाइदा उठाउदै आईरहेका छन् । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५ हजार ४ सय सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६,००० सम्मको लाभ ग्राहकले लिदैँ आईरहेका छन्  । यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ ।   

मोबाइल बैंकिङ्ग र डेबिट/ क्रेडिट कार्ड प्रयोगमा अफरै अफर 

प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखी शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा रू. १०० सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा रू. १,००० सम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार daraz.com बाट सामान खरिद गर्दा १० प्रतिशत वा रू. ५०० सम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा रू. २,००० सम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ ।  

यस बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहकले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी रू. २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।  साथै, यस बैंकले संचालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले प्रत्येक हप्ता जनही रू. ५०० तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले जनही रू. १,००० सम्मको नगद उपहार प्राप्त गर्दै आइरहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *