पुरानो भानु कला केन्द्रको भवन आशावादीको देहावसनसँगै शोकमा
फागुन २१, विराटनगर । २०३६ सालमा स्थापना भएको भानु कला केन्द्रको भवन सांस्कृतिक विभूती चर्तुभुज आशावादीको देहावसनसँगै भवन पनि शोकमा परेको छ ।
भवनको एक पाटो भत्किएको छ, छाना चुहिएर भरर्खरै जस्ताको छाना लगाईएको छ । भित्रपट्टि झयालहरु प्लासिटकले कभर गरिएको छ भने महाकवि लक्ष्मि प्रसाद देवकोटा र आदि कवि भानुभक्त आचार्यका फोटो राखिएको छ । वरिपरि ऐना छन् । विहान, बेलुकाको समयमा नृत्यको कक्षा हुन्छ, भने अन्य समय ताला लागेको हुन्छ ।
‘राष्ट्रियता जोगाऔं, संस्कृति बचाऔं’ भन्ने नाराका साथ नेपाली कला संस्कृतिलाई जिवन्त राख्ने ठुलो भूमिका खेलेका थिए चर्तुभुज आशावादीले । उनकी श्रीमती माया पौडेर्ल आशावादी’ को अनुसार २०१४ सालको भाषा आन्दोलनमा लक्ष्मिप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्यले साहित्यको माध्यमबाट आन्दोलनमा पारेको प्रभावको प्रेरणाबाट नै भानु कला केन्द्र स्थापना गरिएको थियो ।
उनले कला, संस्कृतिको माध्यमबाट नै समाजलाई परिवर्तनको बाटोमा डोराएका थिए । त्यो समय महिलालाई घरबाट बाहिर निस्कन सहज थिएन, साँगुरिएको समाजमा पनि गाँउ, गाँउ टोलटोलमा गएर कलाको माध्यमबाट नै महिलाहरुलाई चुलो चौकोबाट उठ्नुपर्छ भन्ने सन्देश दिने गरेको मायाले सुनाईन् ।
मायाले विगतलाई सम्झदै भनिन र्् उहाँ जहिल्यै विदाको समय पारेर टोली लिएर नै जिल्ला भ्रमण गर्न जानु हुन्थ्यो, सबै जिल्लाको संस्कार, संस्कृति र कला यहाँका कलाकारलाई यहि भानु कला केन्द्रको भवन भित्र सिकाउनु हुन्थ्यो ।’ भानु कला केन्द्रले शिव श्रेष्ठ, मिना श्रेष्ठ जस्ता राष्ट्रिय कलाकारहरु पनि जन्माएको छ । तर आज यहि संस्था ओझेलमा परेको मायाको दुखेसो छ । उनकाो अनुसार भवन रहेको जग्गा लामो समय देखि विवादमा रहेको बताईन ।
आशावादीलाई नजिकबाट चिन्ने उहाँको समकक्षि साथि थिए माधव सापकोटा उनी नाटकका लागि खपिस थिए, उनको पनि निधन भयो, उनको निधनसँगै उनका सन्तानले बाको विरासत थामिदिएन मायाले सुनाईन । आशावादी जीलाई नजिकबाट चिन्ने सबै वितेकाले आज भानु कला केन्द्रको भवनमा गिद्दे नजर लागेको मायाले बताईन । उनका छोरा प्रचण्डले थर्पे त्यो समय वरीपरी झारहरु थिए, आज जमिनको महत्व बढेकाले पनि यस्तो जाल रचेको हो । ’
कला, संस्कृति क्षेत्रमा इतिहास बोकेको ऐेतिहासिक भवन अहिले कसैको आँखामा नपर्दा मायालाई मन भित्रभित्रै अमिलो हुन्छ । घरीघरी उनी श्रीमानको एक्लो भवन अगाडिको प्रतिमा तर्फ हेर्दै भावुक हुन्छिन् ।
जग्गालाई मुद्दा
१३ कठ्ठा जमिनमा रहेको भानु कला केन्द्रको भवनको जग्गा विवादमा रहेको छ । भानु मोरङ सांस्कृतिक समितिको नाममा लालपुर्जा रहेको जग्गामा मुद्दा लागेको भए पनि २०५३ सालमा मुद्दा जितेको प्रचण्र्ड आशावादी’ले बताए ।
उनको अनुसार २०१६ सालमा ४ सय क्षमताको हल निर्माण गर्नका लागि नक्सा बनाउने क्रममा त्यहि समय, मासके र सिटौला मिलेर ( नाम खुलाउन चाहेनन्) जाल झेल गरेर मुद्दा हालेका थिए ।
संसारी मन्दिरको नाममा रहेको जग्गा उनीहरुले राधाकृष्ण मन्दिरको नाम राखेर नातावाद पुकृपावादको भरले जिल्ला अदालत र पुनारावेदन अदालतमा मुद्दा हराएका थिए ।
पुनारावेदन अदालतबाट मुद्दा हाल्ने पक्षको विना मन्जुरी भवन निर्माण गर्न नपाउने गरेर फैसला गरिदिएको उनको भनाई छ । पुनारावेदन हाल भानु कला केन्द्र अवस्थित जग्गाको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको प्रचण्डले बताए । विगत देखि आजसम्म जग्गाको सम्पूर्ण मुद्दा उनैले हेरिरहेका छन् ।
उनले भर्ने बुवाले सबै त्यागेर बाँचुन्जेल कला, संस्कृति जोगाउने उद्देश्यले जीवन व्यतित गर्नु भयो, अब उहाँको अन्त्यसँगै यो ईतिहासलाई मर्न दिन्न ।’ प्रचण्ड चर्तुभुज आशावादिका जेठा छोरा हुन् ।
ईतिहास मेट्न दिन्न ।
त्यसो त माया पनि कलाकार नै हुन् । माया र चर्तरभुज आशावादीको भेट कालाकारिताको माध्यमबाट नै भएको थियो । २०२३ सालको प्रज्ञा प्रतिष्ठानको स्थापनाकाल देखि नै उनी कलाकारीता क्षेत्रमा आवद्ध थिईन् ।
वैवाहिक बन्धनमा बाँधिएको ३३ वर्षसम्म ३ दिन पनि रिसाएको अनुहार नबनाई श्रीमानको निधन भयो । उहाँको इच्छा मंचमा नै देह त्याग्छु भन्ने थियो विगतलाई सम्झँदै मायाले सुनाईन् ।
उनले भनिन्् ‘कलाको माध्मबाट सास्कृतिक क्रान्ती ल्याएको त्यो ऐतिहासिक क्षणको सुरुवात यहि जमिनबाट भएको थियो ।े जब सम्म मेरो शरीर जिवित रहन्छ म ईतिहास मेट्न दिन्न ।’