सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग

फागुन ३, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको बैंकले आज एक कार्यक्रमकाबिच आसमानलाई एक लाखको चेक हस्तान्तरण गरेको हो ।   

आसमानले करिब २९ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तीकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ ।   

“आसमान” सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन हो । सो संगठनले  उक्त आर्थिक सहयोग पिछडिएका विद्यार्थीहरुको उत्थनमा प्रयोग गर्ने जनाएको छ ।   

बैंकले यस्तो सहयोगबाट महिला तथा बालबालिकाको सशक्तीकरण, सबलीकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास लिएको छ । बैंकले सामाजिक क्षेत्रमा निः स्वार्थ भावले यस्ता सहयोगका कार्य गर्दै आएको छ ।   

भविष्यमा  पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तनका लागि यस्तो कार्यक्रम ल्याउने जानकारी दिएको छ ।   

बैंकले देशैभरी रहेका ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट  करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।   

बैंकले घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।   

अन्तरराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *