अदालतसमक्ष आत्मसमर्पण गरेका ‘सिद्धबाबा’ कारागार चलान

फागुन २०, काठमाडौं। चतराधामा बस्दै आएका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् । आफ्ना एक अनुयायीलाई बलात्कार गरेको अभियोमा थुनामा राख्‍ने आदेश दिएका सिद्धबाबा फरार रहँदै आएका थिए ।   

फरार भएको झण्डै एक महिनापछि उनले अदालतसमक्ष आत्मसमपैण गरेका हुन् । आत्मसमर्पण लगत्तै उनलाई पुर्पक्षका लागि झुम्का कारागार पठाइएको छ । जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरी झुम्का कारागार पठाइएको छ ।   

जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाडे पनि उच्च अदालत विराटनगरले थुनामा राखेर कारबाही अगाडि बढाइने आदेश दिएको थियो । आदेशकै दिन उनी प्रहरीलाई झुक्याएर फरार भएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *