कोरोना त्रासः ग्यास अभाव हुन्छ भन्दै शशंकित उपभोक्ता

फागुन २२, काठमाडौं । कोरोना भाइरसका कारण माक्समा कालोबजारी बढिरहेका बेला दैनिक प्रयोग हुने ग्यास समेत अभाव हुने भन्दै उपभोक्ता शशंकित भएका छन् ।   

बिहीबार राजधानीको अनामनगरस्थित एक ग्याँस डिलरमा सिलिण्डर लिएर आएका एक उपभोक्ता ब्यापारीले दैनिक उपभोग्य वस्तुहरुको कालो बजारी गर्न सक्ने भन्दै स्टक राख्न ग्याँस लिन आएको बताए ।   

बजारमा ग्यासको अभाव नभएपनि उपभोक्ताहरु आफैं ग्याँस अभाव हुन सक्ने भन्दै आवश्यक भन्दा बढि स्टक राख्न जुटेको ग्याँस डिलरवालाले बताएका छन् । ‘दुई दिन अघि यस्तो भिड थिएन । सरकारले भिडभाडमा नहिड्न्, घरभित्र सुरक्षित रहनु भनेपछि उपभोक्ताहरु दैनिक उपभोग्य वस्तुको भण्डारमा जुटेका छन्’, अनामनगरस्थित ग्याँस डिलर सञ्चालकले भने ।   

उपभोक्ताहरुमा भारतबाट आयात गरिने दैनिक उपभोग्य वस्तुहरु अभाव हुने हल्लाबाट त्रसित रहेको बताउँछन् । ०७२ सालमा ६ महिनाबढि नाकावन्दी झेलेका सर्वसाधारण कोरोना भाइरसका कारण खाद्यान्न नपाउने होकी भन्ने त्रासमा रहेका छन् । ‘नाकावन्दीमा भोगेको दुखः फेरि नआवोस भनेर बेलैमा ग्यास लिन आएको हुँ, अहिले मास्क त बजारमा छैन, ग्याँस जस्तो कुरा भोली पाइएला कि नपाईएला ।’ एक उपभोक्ताले भने । 

   

राजधानीको अनामनगर, डिल्लीबजार, मैतिदेवी, चावहिल, पुरानो बानेश्वर लगायत राजधानी बाहिरबाट आएर भाडामा बस्ने उपभोक्ताहरु कृतिम अभाव हुन्छ कि भनेर शशंकित रहेका छन् । ‘आफ्नो देशको उत्पादन छैन, सधैं अरुको भर पर्नुपर्ने अवस्था भएपछि बरु दुई चार महिनाको स्टक अगाडी नै लिँदा फरक पर्दैन’, एक उपभोक्ताले भने ।   

दैनिक अत्यावश्यक सामग्री, नुन तेल, चामल, दाल, मसला, ग्याँस जस्ता खाद्यान्नको कृतिम अभाव सृजना हुन सक्ने देखिएको छ । विगतमा नाकावन्दीको समयमा सामान लुकाएर कृतिम अभाव सृजना गर्ने ब्यापारीहरुले कोरोना भाइरसका कारण सामान लुकाउन थालेका छन् ।   

स्थानीय प्रशासनलाई भने बजारको अवस्था थाहै छैन । ‘मास्कमा कालोबजारी गर्नेलाई कारवाही गरिएपनि ग्याँस, चामल जस्ता अत्यावश्यक वस्तु लुकाउनेलाई कारवाही गर्न सकिएको छैन । तर, सरकार चुपचाप बसेको छैन, कृतिम अभाव सृजना गर्ने ब्यापारीलाई कारवाही हुन्छ ।’ वाणिज्य तथा आपुर्ति मन्त्रालयका एक सचिबले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *