सुखी नेपालद्वारा १३ अनाथ बालबालिकालाई खाद्यन्न र शैक्षिक सामग्री सहयोग

फागुन २०, बाजुरा । सुखी नेपालले अनाथ तथा टुहुराबालबालिकाहरुलाई खाद्यन्न र शैक्षिक साम्रगी उपलब्ध गराएको छ । सुखी नेपाल र कन्सर्न बाजुराको साझेदारीमा संचालित बालबालिकाका लागि शिक्षा सहयोग अन्तर्गत पहिलो चरणमा २२२ परियोजना (Project222)को आर्थिक सहयोगमा खाद्यन्न र शैक्षिक साम्रगी उपलब्ध गराइएको हो ।   

सुखी नेपालले बाजुराको बुढीगंगा नगरपालिकामा कन्सर्न बाजुराद्वारा संचालित बाल स्याहार गृहमा रहेका १३ जना अनाथ तथा टुहुराबालबालिकालाई नेपाली २५ हजार बराबरको खाद्यन्न र शैक्षिक सामग्री सहयोग गरेको छ । सहयोगले थौरै भएपनि बालस्याहार गृहमा रहेका बालिबालिकाहरुको खाद्यन्नको समस्यालाई केही समयका लागि राहत मिल्ने बिश्वास लिइएको छ । सहयोगी संस्थाहरुलाई कन्सर्नबाजराले खुसी व्यक्ति गर्दै धन्यवाद ज्ञापन गरेको छ ।   

सुखी नेपाल २०७६ सालदेखि मानिसका आधारभूत कुराहरु खाना, पानी, आवास, शिक्षा, स्थास्थ्य, जीविकोपार्जन र सुशासनका लागि पैरवी गर्दै आईरहेको छ । परियोजना २२२ ले नेपाल लगायतका अन्य मुलुकहरुमा पनि मानिसका आधारभुत आवस्यकता खाना,पानी, आवास तथा अधिकारको पुर्तीको लागि सन् २०१८ देखी पैरवी गरिरहेको छ ।   

आगामी दिनमा दुवै संस्थाले विभिन्न परियोजनामार्फत पिछडिएका गरिब सुमुदाय तथा परिवारका लागि काम गर्ने योजना बनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *