सिटिजन्स बैंकद्वारा २ नयाँ खाता संचालनमा

फाेटाेः गुगल 

फागुन ३०, काठमाडौँ ।  सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाता संचालनमा ल्याएकाे छ ।  

रु ५,००० मा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५०% को उच्च  ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्तगर्न सक्ने जानकारी गराइएकाे छ । 

Image result for सिटिजन्स बैंक

 यो योजनामा संलग्नहुने ग्राहकहरूका निम्ति रू ५० हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ । साथै, रु शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापन  (Payroll Account Management) को लागि अत्यन्तै फलदायीहुने विश्वास बैंकले लिएको छ ।  

यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति रू २५ हजारको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र रू ३ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराईने छ । उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यी दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको हाे । 

 यी दुबै योजनामा निःशुल्क VISA Debit Card, निःशुल्क अन्तर शाखा कारोबार (ABBS), निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिंग सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित 3 D Secure प्रविधिमा निःशुल्क दर्ता,  Locker को वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५०% छुट, नेपाल भरीका जुन सुकै ATM बाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *