राष्ट्रिय वाणिज्य बैंकद्धारा “RBB Empowerment Academy” कार्यक्रमको तेस्रो चरण

फागुन २१, काठमाडौँ । बुधबार  राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित RBB Empowerment Academy को तेस्रो चरणको कार्यक्रम प्रदेश नं २ को लागि शुरुवात गरेको छ ।   

यस बैंकले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत RBB Empowerment Academy को तेस्रो चरणको कार्यक्रम प्रदेश नं २ को लागि शुरुवात गरेको हो ।   

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले २०७६ फाल्गुन २१ गते बाट फाल्गुन ३० सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा २०७६ चैत्र ७ देखि चैत्र ९ गते सम्म वीरगंजमा  संचालन गर्दैछ । 

प्रदेश नं. २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा  विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ ।   

कार्यक्रममा उपस्थित सबैजनालाई राष्ट्रिय वाणिज्य बैंक, प्रदेश नं २ का प्रमुख विश्व प्रकाश ज्ञवालीले स्वागत गरि युवा लक्षित ट्रेनिङ्ग आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुशी व्यक्त गरे । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज ले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम संचालन गरिएको बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षीत जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग गर्ने कुरामा उनले  विश्वास व्यक्त गरे ।   

आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ ।  निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाँकी प्रदेशहरुमा पनि संचालन गरीने बताइएकाे छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *